६ जेष्ठ २०८१, आइतबार

इन्जिनियर र पाइलट पनि नक्कली !


pilot

९ वैशाख, काठमाडौं । नक्कली चिकित्सक जस्तै देशमा ठूलो संख्यामा नक्कली इन्जिनियर पनि रेहेका खुलेको छ ।

पाइलटहरुको पयिन शैक्षिक प्रमाणपत्र नक्कली रहेको सूचनाका आधारमा प्रहरीले छानबिन अघि बढाएको आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

नेपाल इन्जिनियरिङ परिषदले इन्जिनियरिङ पास नै नभई प्रमाणपत्र लिएका नौजनाको लाइसेन्स रद्द गरेको छ ।

परिषदले नक्कली इन्जिनियरमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार गरेको छ । ठूलो संख्यामा नक्कली इन्जिनियर रहेकेा आशंकामा थप अनुसन्धान पनि थालिएको छ ।

यस्तै केही पाइलट पनि नक्कली भएको सूचनाका आधारमा प्रहरीले छानविन थालेको छ । नेपाल नागरिक उड्ययन प्राधिकरणसँग समन्वय गरेर अनुसन्धान अघि बढाइएको सिआबीका निर्देशक डिआइजी नवराज सिलवालले बताए ।

पहिलो चरणमा ५९ पाइलटको प्रमाणपत्र छानबिन अघि बढाइएको सिआइबीका एसपी तारिणीप्रसाद लम्सालले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !