१५ जेष्ठ २०८१, मंगलबार

पूर्व राजा ज्ञानेन्द्र दाङमा मन्दिरको अवलोकन गर्दै


gyanendra

२१ पुस, दाङ । पूर्व राजा ज्ञानेन्द्र शाह शुक्रबार दाङ आएका छन् । शाहले घोराहीस्थित गोरक्ष अम्बिकेश्वरी र मन्दिर रत्ननाथ मन्दिर दर्शन गरेका छन् । मन्दिरमा पूजाआजा गरी सबै शक्तिपिठहरुको अवलोकन पनि शाहले गरे ।

मन्दिरको इतिहास र महत्वबारे मन्दिर व्यवस्थापन समितिले प्रकाश पारेको थियो । मन्दिरमा भएका विभिन्न समस्याहरु पनि समितिले राखेका थिए । तर शाहले समस्या ध्यान दिएर सुने पनि कुनै प्रतिक्रिया दिएनन् ।

शाहलाई स्वागत गर्न समर्थकहरको धेरै घुइँचो थियो । स्वागतमा उपस्थित सयौं शुभचिन्तकहरुले ‘राजा आऊ, देश बचाऊ, हाम्रा राजा प्राणभन्दा प्यारा छन्,’ जस्ता नारा लगाएका थिए । शाहलाई फूलमालाले स्वागत गर्दै विभिन्न समस्या पनि राखेका थिए ।

कतिपयले राजनीतिक दलहरुले राम्रो काम गर्न नसकेको गुनासो गर्दै शाहलाई देशको नेतृत्व गर्न आग्रह गरेका थिए । शाहले कुनै प्रतिक्रिया नजनाई सहमतिमा टाउको मात्रै हल्लाएका थिए ।

शाह नेपालगञ्जबाट लमही हुँदै घोराही आएका हुन् । लमहीको अर्जुनखोलामा पनि देउखुरी क्षेत्रका समर्थकहरु स्वागत गर्न सडकमा आएका थिए । शाहले भ्रमणको उद्देश्य केही बताएका छैनन् । यसपछि नेपालगञ्ज फर्कने कार्यक्रम रहेको छ ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु