१९ बैशाख २०८१, बुधबार

वीरगञ्जलाई प्रदेश नं. २ को राजधानी बनाउन माग गर्दै रिले अनशन


birganj

२१ पुस, वीरगञ्ज ।  प्रदेश नं. २ को राजधानी वीरगञ्जलाई बनाउनुपर्ने माग राखेर आन्दोलनमा रहेको संघर्ष समितिले शुक्रबारदेखि रिले अनशन शुरु गरेको छ । प्रादेशिक राजधानीका लागि गठित संघर्ष समितिको आयोजनामा रिले अनशन वीरगञ्जको घण्टाघरमा शुरु भएको हो ।

जनकपुरलाई प्रदेशको अस्थायी राजधानी तोकिएको चर्चा शुरु भएदेखि नै वीरगञ्जमा त्यसको विरोध भइरहेको छ । बारा, पर्साका अगुवा, युवा, विद्यार्थी नेताहरुले संघर्ष समिति नै गठन गरेर दवावमुलक कार्यक्रमहरु गर्दै आइरहेका छन् ।

पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता सुरेन्द्र चौधरी, वीरगञ्ज युवा समाजका अध्यक्ष कमल चौगाई लगायत बिभिन्न राजनीतिक दलका नेताहरु पनि रिले अनशनको पहिलो दिन शुक्रबार बसेका छन् । प्रदेश नं. २ को राजधानी वीरगञ्जलाई नबनाएसम्म आन्दोलन जारी रहने तरुण दलका बारा अध्यक्ष लुकेश सिंहले जानकारी दिए ।

’उनले भने ‘वीरगञ्जलाई राजधानी घोषण नगरेसम्म हाम्रो आन्दोलन जारी रहन्छ ।’ महानगरपालिकाको बोर्ड बैठकले समेत जुनसुकै हालतमा वीरगञ्जलाई प्रादेशिक राजधानी बनाउन पहल गर्ने निर्णय गरिसकेको मेयर सरावगीले जानकारी दिए ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !