२३ बैशाख २०८१, आइतबार

पुनर्नियुक्तिको समाचार झुटो हो, अहिलेसम्म कुनै निर्णय भएको छैन : कुलमान घिसिङ


कुलमान घिसिङ

भदौ १०, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो फेक ट्वीटर अकाउन्ट खोलेर गलत सूचना प्रवाह भएको बताएका छन् । मंगलबार साँझ निर्देशक घिसिङको नाममा फेक ट्वीटर अकाउन्टबाट उनको पुनर्नियुक्तिको समाचार भाइरल बन्न पुग्यो ।

@kulman_ghising7 नामक ट्वीटर ह्यान्डलबाट घिसिङको पुनःनियुक्ति भएको जानकारी गराइएको थियो । घिसिङले भनेका छन्, ‘मेरो फेक अकाउन्ट खोलि विभिन्न समाचारहरु सम्प्रेसन भएकोले मेरो यो बाहेक कुनै अरु आधिकारिक अकाउन्ट नभएको जानकारी गराउँदछु ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !