२४ बैशाख २०८१, सोमबार

नेपालका गैंडामा पहिलो पटक क्षयरोग भेटियो


rhino

१७ चैत, काठमाडौं । नेपालका गैंडामा पहिलो पटक क्षयरोग देखिएको छ । चितवन राष्ट्रिय निकुञ्जमा रहेको एउटा पोथी गैंडामा क्षयरोगको संक्रमण भेटिएको हो ।

हालै प्रकाशित इमर्जिङ इन्फेक्सियस डिजिजेज नामक जर्नलमा यसबारे उल्लेख छ । अमेरिकी संस्था भेटेनरी इनिसिएटिभ फर एनडेनजर्ड वाइल्डलाइफ (भीआईईडब्ल्यू) र राष्ट्रिय प्रकृति संरक्षण कोषले २०१२ देखि अध्ययन सुरु गरेका थिए ।

२०१३ देखि अहिलेसम्म चितवन राष्ट्रिय निकुञ्जमा गैंडा चोरी शिकार भएको छैन । तर, यो पाँच वर्षमा ३१ वटा गैंडको शंकास्पद मृत्यु भएको छ । उक्त गैंडा के कारणले मृत्यु भएको हो खुल्न सकेको छैन । शोधकर्ताहरुले भेट्टाएको क्षयरोगको जिवाणु मानिस र पशुमा लाग्ने क्षयरोगको जिवाणुसँग मिल्दोजुल्दो छ ।

भीआईईडब्ल्यूका संस्थापक निर्देशक डेबोरा मकाउलीले फक्स न्यूजलाई भने, ‘अहिलेसम्म चोरी शिकार र मानव अतिक्रमणलाई गैंडा संरक्षणको मुख्य चुनौतीका रुपमा लिइएको थियो । तर, अब गैंडामा लाग्ने क्षयरोग पनि चुनौतीका रुपमा थपिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !