१४ बैशाख २०८१, शुक्रबार

राष्ट्रका जिम्मेवार व्यक्तिहरु नै अपराधमा मुछिएपछि…


२९ असोज, काठमाडौं । यौन दुर्व्यवहार आरोप लागेपछि कृष्णबहादुर महराले सभामुख पद मात्र गुमाएनन्, प्रहरी हिरासतमै पुगेका छन् । उनी तत्कालीन माओवादीबाट दाङ निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य निर्वा्चित भएका थिए ।

–कांग्रेसका तर्फबाट रौतहट निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वा्चित मो. अफ्ताब आलम १२ वर्षअघिको घटनामा तानिएका छन् । आइतबार पक्राउ परेका उनी पनि हिरासतमै छन् । पहिलो संविधानसभा चुनावका बेला बम विस्फोटका घाइतेलाई इँटाभट्टामा हालेर मारेको अभियोग उनलाई लागेको छ ।

–राष्ट्रिय जनता दल (राजपा)का तर्फबाट सर्लाही निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वा्चित प्रमोदकुमार साहलाई मंगलबार मात्रै प्रहरीले पक्राउ गरेको छ । जनकपुर विमानस्थलमा बुद्ध एयरको काउन्टरमा तोडफोड गरेको आरोप उनमाथि लागेको छ ।

कानुन बनाउने महत्वपूर्ण जिम्मेवारीमा रहेका जनप्रतिनिधि एकपछि अर्काे गरी पक्राउ पर्न थालेका छन् । यौन दुर्व्यवहारदेखि व्यक्ति हत्याजस्ता जघन्य अपराधमा तानिनुले नेताहरूमा नैतिकताको प्रश्न उठ्न थालेको छ ।

सांसद नै एकपछि अर्का कानुनविपरीतका कार्यमा संलग्न भएका घटना सार्वजनिक हुनुले सार्वभौम संसद्कै बदनामी भइरहेको विश्लेषक बताउँछन् । सांसदहरूको गैरकानुनी कार्यले राजनीतिप्रति गलत सन्देश गइरहेको टिप्पणी हुँदै आएको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खगेन्द्र भण्डारीले लेखेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !