१४ बैशाख २०८१, शुक्रबार

सभामुख महरामाथि दुर्व्यवहार गरेको आरोप


Krishna Bahadur Mahara

१४ असोज, काठमाडौं । सभामुख कृष्णबहादुर महरामाथि संसद सचिवालयमै कार्यरत एक कर्मचारीलाई दुर्व्यवहार गरेको आरोप लागेको छ ।

उक्त आरोप नयाँ बानेश्वरस्थित प्रहरी वृत्तमा पुगे पनि लिखित जाहेरी भने परेको छैन । आइतबार साँझ आफू दुर्व्यवहारको शिकार भएको दाबी गरिन् ।

सभामुख महराले भने आफूमाथिको आरोप निराधार भएको बताएका छन् । कर्मचारीले समायोजनमा परेपछि आफूमाथि रीस पोखेको सभामुख महराले स्पष्ट पारे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !