१९ बैशाख २०८१, बुधबार

साइबर सुरक्षासम्बन्धी निर्देशिका जारी गर्दै राष्ट्र बैंक


Nepal rastra Bank

१७ भदौं, काठमाडौं । चिनियाँ ह्याकरको एक समूहले शनिबार नेपालका केही बैंकको डेटा ह्याक गरी विभिन्न एटिएममार्फत करोडौं रुपैयाँ झिकेको घटनापछि बैंकको साइबर सुरक्षा नियमनतर्फ नेपाल राष्ट्र बैंक सक्रिय भएको छ ।

केन्द्रीय बैंकले बैंकहरुको साइवर सुरक्षासम्बन्धी निर्देशिका जारी गर्ने तयारी सुरु गरेको छ । राष्ट्र बैंकका भुक्तानी प्रणाली विभागका प्रमुख बमबहादुर मिश्रका अनुसार शानिबारको घटनाको अनुसन्धान टुंगोमा पुग्नासाथ केन्द्रीय बैंकले साइबर सुरक्षासम्बन्धी निर्देशिका ल्याउनेछ । यो समाचार आर्थिक अभियानमा मिलन विश्वकर्माले लेखेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !