२१ बैशाख २०८१, शुक्रबार

सबल र सुदृढ संस्थाको रूपमा स्थापित छ : रक्षामन्त्री उप्रेती


हरिप्रसाद उप्रेती

काठमाडौँ । रक्षामन्त्री हरिप्रसाद उप्रेतीले नेपाली सेनालाई समग्र राष्ट्र र राष्ट्रबासीको सर्वोपरि हित हुने कार्यमा थप सजगतापूर्वक समर्पित हुन निर्देशन दिएका छन् ।

सेना दिवसका अवसरमा उनले दिएको सन्देशमा सेनाले स्थापनाकालदेखि वर्तमानसम्म सरकारबाट प्राप्त नीति निर्देशनलाई सर्वोपरि ठानेर कुशलतापूर्वक जिम्मेवारी निर्वाह गर्दै आएको उल्लेख गरे ।

रक्षमन्त्री उप्रेतीले भनेका छन्, “आपतकालीन परिस्थितिहरूमा नेपाली सेना सदैव राष्ट्र र जनताको सेवामा अग्रपिङ्क्तमा रहेर काम गर्दै आइरहेको छ । देशका विभिन्न स्थानमाआइपर्ने विपद्का घटनाहरूमा समेत नेपाली जनताको जिउधनको रक्षार्थ नेपाली सेनाले गरेको योगदानको प्रशंसा गर्दछु ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !