८ बैशाख २०८१, शनिबार

नि:शुल्क मानसिक स्वास्थ्य शिरिर सम्पन्न


नि:शुल्क मानसिक स्वास्थ्य शिरिर सम्पन्न

धादिङ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण र लामो समयको लकडाउनले जनजीवनमा विभिन्न किसिमका मनोसामाजिक एवं मानसिक स्बास्थ्य समस्याहरु देखिएका छन् ।

प्राकृतिक बिपत्तिको यो बिषम अबस्थामा समुदाय स्तरमा नै मानसिक स्बास्थ्यका विभिन्न कार्यक्रमहरु संचालन गर्नु अति जरुरी छ । यसैबिच धादिङ जिल्लाको धार्के गाउँपालिकामा एकदिने निशुल्क मानसिक स्वास्थ्य शिबिरको आयोजना गरियो ।

मनोरोग उपचार तथा पुर्न:स्थापना केन्द्र र मानसिक एवं मनोसामाजिक सु-स्वास्थ्यको राष्ट्रिय अभियान नेपालको आयोजना तथा धार्के गाउँपालिकाको सहकार्यमा एक दिवसीय शिविर संचालन गरिएको हो ।

नि:शुल्क मानसिक स्वास्थ्य शिरिर सम्पन्न

शिबिरमा मनोचिकित्सक प्रा. डा. पुष्पराज शर्माले बिरामीको स्बास्थ्य परिक्षण गर्नु भएको थियो भने मनोविद् गोपाल ढकालले मनोपरामर्श सेवा प्रदान गर्नु भएको थियो । उक्त शिबिरमा एक सयभन्दा बढिले सेवा लिएका थिए ।

मानसिक स्वास्थ्य परिक्षणपछि सबै बिरामीलाई निशुल्क रुपमा औषड्यन्त्रका धि समेत बितरण गरिएको थियो । शिबिरमा आएका मध्ये तीन जना कडा खालको मानसिक स्बास्थ्य समस्यामा परेका ब्यक्तिहरुलाई आवासीय उपचारको प्रवन्ध मिलाईएको छ ।

नि:शुल्क मानसिक स्वास्थ्य शिरिर सम्पन्न

कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष राम कुमार आचार्यले मानिस भौतिक रुपमा मात्र होइन मानसिक रुपमा पनि खुशी र सम्पन्न हुनुपर्ने बताउनु भयो । उपाध्यक्ष अम्बिका रुपाखेतीले गाउँपालीका भित्र रहेका र मानसिक रोगको औषधि सेवन गरिरहेका सबै बिरामीहरुको औषधी खर्च गाउँपालिकाले बेहोर्न जानकारी दिनु भयो । यस्तो शिबिर अबदेखि प्रत्येक तीन-तीन महिनामा गरिने भएको छ ।

धार्के गाउँपालिकाले स्थानीय तहमै पहिलो पटक मनोसामाजिक स्वास्थ्यमा निर्देशिका नै तयार पारी मानसिक स्बास्थ्यका बिभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको छ ।

१० बर्षदेखि सडकको जीवन बिताई रहेका जनक नाम गरेका मनोरोगीको उद्दार गरी गाउँपालिका र मनोरोग उपचार केन्द्रको सहकार्यमा उपचार भई रहेको छ । गाउँपालिकाले आफ्नो सबै बडाहरुमा एक-एक जना मनोपरामर्शदाताको समेत ब्यबस्था गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !