१३ बैशाख २०८१, बिहिबार

म खुल्ला किताबको पाना हुँ, पढ्न सके पढ्नुस खेर जाने छैन (I am a sheet of a Book, reading it will not be wasted)


डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

म पुस्तकको पाना हुँ भन्दा कतिपयलाई विश्वास नहुन सक्छ । हो हामी पढ्न योग्य पुस्तकको पाना नै हौं किनकि हाम्रो अनुभव र यस क्षेत्रमा गरेका भोगेका हरेक बस्तुहरू र अनुभवहरू नयाँ पिढीलाई महत्वपूर्ण सावित हुन सक्छ ।

कतिपय बस्तु हामीले आवश्यक नदेखिएको हुन सक्छ तर फाली सकेपछि मात्र हामी पछुतो मानेका हुन्छौं । साथीहरु हामी सानो उमेरदेखि स्वास्थ्य क्षेत्रमा लाग्यौं र लाखौं व्यक्तिलाई स्वास्थ्य लाभ दिन सफल भएका थियौँ ।

यहाँ म मात्रै होइन यो क्षेत्रमा लाग्नु भएका जसले एउटै क्षेत्रमा काम गरेर रिटार भईसक्नु भएका हरेक प्रभुत्व व्यक्तिसंग केहि न केही महत्वपूर्ण अनुभवको पोको हुन सक्छ यस्ता पोकोलाई जानेर बुझेर प्रयोगमा ल्याउन सके ठूलो महत्वपूर्ण फाइदा हुन सक्नेछ ।

मलाई याद छ मेरो हजुरबा बैद्य हुनु हुनुहुन्थ्यो । म सानो भएकाले उहाँको बारेमा केवल सुनेको मात्र थिए । उहाँले मानिस कहिले मर्छ भनेर समय तोक्नु हुन्थ्यो अरे पछि उहाँ वितेपछि मेरो बुबा हजुर पनि त्यस्तै प्रतिभाशाली हुनुहुन्थ्यो कतिपय कुरा हामीले जान्ने प्रयत्न गरेनौ र उहाँ जानुभयो आज सिकेको भए शायद हामीलाई पछुतो हुने थिएन ।

ज्ञान सिकेर सकिने होइन थपिदै जानेछ । आज अनुभवी व्यक्तिको कदर विदेशमा हुन्छ तर नेपालमा हुदैन यो सबैलाई थाहा भएको कुरा हो । यहाँ जेल-नेल खाएको अपराधी व्यक्तिको मात्र कदर हुने भएकाले राम्रो व्यक्तिले यस्ता कुरामा अल्झेर होइन बरू आफुले जानेका अनुभवलाई समाजमा प्रयोग गरेर समाज सेवातर्फ लागेमा लोककल्याण हुनेछ भन्ने मेरो राय छ ।

मेरो भन्नुको अभिप्राय के हो भने भाडो पुरानो भएछ भनेर फाल्ने होइन त्यसलाई जतन गर्न सके त्यसबाट पनि हामीले थुप्रै फाइदाहरू र पाठहरू सिक्न सक्ने छौं भन्ने मात्र हो यसलाई अन्यथा नलिनुहोला किनकि जन्मपछि एकदिन जो कोहीले यो धर्तीमा समाहित हुनुपर्छ ।

हामीले बाच्दासम्म केहि न केही नगरी बस्न सकिदैन तर पाएको अनुभव बाँडेर सकिदैन भन्ने मेरो आग्रह मात्र हो । सिकाउ र सिकौं भन्ने कुरा हरेकले मनन् गरेर अघि बढ्न सके ठूलो उपलब्धी हुनेछ । हुनत धेरै मेहनत गरेर पढेर आउनुभएको छ तर सवै ज्ञानले निपुर्ण छु भन्न सकिँदैन ।

ज्ञान सिकेर सकिने होइन थपिदै जानेछ । आज अनुभवी व्यक्तिको कदर विदेशमा हुन्छ तर नेपालमा हुदैन यो सबैलाई थाहा भएको कुरा हो । यहाँ जेल-नेल खाएको अपराधी व्यक्तिको मात्र कदर हुने भएकाले राम्रो व्यक्तिले यस्ता कुरामा अल्झेर होइन बरू आफुले जानेका अनुभवलाई समाजमा प्रयोग गरेर समाज सेवातर्फ लागेमा लोककल्याण हुनेछ भन्ने मेरो राय छ ।

यो पनि पढनुहोस्

राजा नागरिक भए तर नेता भए राजा जस्ता

नेपालमा लोकतन्त्र परिवर्तन हुदैछ लुटतन्त्रमा

परिवर्तन त भएकै छ, कसले भन्दैछ भएन परिवर्तन

नेपाल चाहेमा स्विट्जरल्याण्ड बन्न सक्छ, तर गफ होइन काम गरौ

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेकका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !