१४ बैशाख २०८१, शुक्रबार

आफ्नो व्यक्तित्वबारे थाहा पाउन सकिन्छ जन्म बारवाट


happy-girl-images

जन्म बारले पनि मानिसको स्वभावलाई निर्धारण गर्दछ । मानिसको जन्म बारले उसको स्वभाव कस्तो हुन्छ भन्ने कुरा थाहा पाउन सकिन्छ । ज्योतिषशास्त्रमा जन्म दिनको विशेष महत्व रहने गर्छ । जन्म दिनको स्वामी ग्रहकाअनुसार व्यक्तिको स्वभावबारे थाहा पाउन सकिन्छ । यसबाट व्यक्तिले जीवनको महत्वपूर्ण कुरा थाहा पाउन सक्छन् ।

  • आइतबार

यो दिन जन्मिने बच्चा बिरामी रहने छन् । यद्यपि उसले जीवनमा धेरै नाम कमाउनुका साथै यश प्राप्त गर्नेछ । यो दिन जन्मिएको बच्चाले पारिवारिक जीवनमा विशेष ध्यान आवश्यक छ ।

  • सोमबार

यो दिन जन्मिएकाको स्वभाव मूडी खालको हुन्छ । यस्ता व्यक्तिको भाग्य आमरुपमा विवाह पछि उदय हुन्छ । यस दिन जन्मिने व्यक्तिले सधैँ आफ्नो सम्बन्धमा सावधानी अपनाउन आवश्यक हुन्छ ।

  • मंगलबार

यो दिन जन्मिने बच्चा बढी नै रिसाहा र आमरुपमा बाल्यकालमा पनि बिरामी भइरहने खालका हुन्छन् । यस्तै चोट पटक तथा दुर्घटनाबाट बच्नका लागि सँधै ख्याल राख्नु पर्ने हुन्छ ।

  • बुधबार

यो दिन जन्मिने बच्चा धनी र सम्पत्तीले भरिपूर्ण हुने भाग्य रहेको हुन्छ । हरेक कार्यमा पूर्णता चाहने स्वभाव हुन्छ । यो दिन जन्मिएकाले आफ्नो अहंकारी स्वभावमाथि नियन्त्रण राख्न आवश्यक हुन्छ ।

  • बिहीबार

यो दिन जन्मिने बच्चा भाग्यमानी हुन्छन् । यस्ता व्यक्तिलाई मानसम्मान धेरै नै प्राप्त हुनेछ । यस्तै यो दिन जन्मिएकाले दोस्रो व्यक्तिमाथि गर्ने धेरै विश्वासबाट बच्नु पर्ने हुन्छ ।

  • शुक्रबार

यो दिन जन्मिने बच्चा आध्यात्मिक हुने छन् । उनीमाथि भगवानको विशेष कृपा हुने छ । यस्ता व्यक्तिले लापरबाही तथा अतिविश्वासबाट बच्नु जरुरी छ ।

  • शनिबार

यो दिन जन्मिनेले जीवनमा कडा संघर्षको सामना गर्नु पर्ने हुन्छ । यद्यपि, एउटा उमेर चरण पार गरेपछि भने विदेश गएर अत्यन्तै ठूलो सफलता पाउने छन् । यस्ता व्यक्तिले नशा तथा प्रेमको चक्करबाट भने बच्नआवश्यक छ ।-एजेन्सी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !