१४ बैशाख २०८१, शुक्रबार

कस्तो दुर्भाग्य ! बिरामी भएर ऐतिहासिक अवसर गुमाए खानेपानीमन्त्री थापाले


मणि थापा

काठमाडौँ । अथक मेहनत गरेपनि जीवनमा कहिलेकाहीं भाग्यले साथ दिंदैन । यस्तै संयोग भएको छ – खानेपानीमन्त्री मणि थापालाई । जीवन भनेकै उकाली ओराली भन्ज्यांग चौतारी हो भने झैँ मानिसको जीवनमा उतारचढाव आउने गर्छ ।

मेलम्ची खानेपानीको काठमाडौंमा आज औपचारिक उद्घाटन भएको छ । काठमाडौंको भृकुटीमण्डपमा नवनिर्मित सार्वजनिक ढुंगेधाराको टुटी खोलेर राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्चीको खानेपानीको उद्घाटन गरेकी हुन् ।

कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली लगायत धेरैजसो मन्त्रीहरु पनि सहभागी भएका थिए । तर यस्तो ठुलो राष्ट्रिय गौरवको आयोजनाको औपचारिक उद्घाटन समारोहमा सम्वन्धित खानेपानीमन्त्री मणी थापा भने उपस्थित भएनन् ।

कार्यक्रम उद्घोषिकाले मन्त्रीको स्वास्थ्यमा देखिएको समस्याका कारण अनुपस्थित रहेको जानकारी गराईन । कस्तो दुर्भाग्य ! बिरामी भएर ऐतिहासिक अवसर खानेपानीमन्त्री थापाले गुमाएका छन् ।

तर खानेपानी मन्त्री थापाको उद्घाटन मन्तव्य भिडियो मार्फत प्रशारण भने गराइएको थियो । खानेपानी मन्त्री भएपछि मन्त्री थापा मेलम्ची खानेपानीका लागि धेरै नै सक्रिय भएर आयोजनालाई सफलताको बिन्दुमा ल्याउन ठुलो भूमिका निर्वाह समेत गरेका थिए ।

राष्ट्रपति भण्डारीले औपचारिक वितरणको सुरुवात गरेतापनि बिडम्बनाको कुरा अहोरात्र खटेर आज काठमाडौंमा खानेपानी वितरणका लागि औपचारिक उद्घाटन समारोहमा भने मन्त्री थापा उपस्थित हुन सकेनन् । पारिवारिक स्रोतले दिएको जानकारी अनुसार मन्त्री थापा ३ दिनदेखि हल्का बिसञ्चो भएका थिए ।

उनलाई आज बिहानदेखि बढी नै अवस्था केहि जटिल भएपछि कार्यक्रममा अनुपस्थित भएका हुन् । खाना खान मन नलाग्ने, टाउको दुख्ने समस्याका कारण अहिले मन्त्री थापा निवासमै आराम गरिरहेका छन् । थाेरै विसञ्चाे महसुस भएपछि आज दिउसो कोरोना संक्रमणको आशंकामा उनले काेभिड-१९ परिक्षणका लागि स्वाब समेत दिएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !