, बुढी औलाले बताउँछ कस्तो छ तपाईको स्वभाव

बुढी औलाले बताउँछ कस्तो छ तपाईको स्वभाव

यदि हामी ज्योतिष शास्त्रलाई मान्ने हो भने हाम्रो शरिरको विभिन्न अंगहरुले तपाईको सोच तथा बानिहरु थाहा पाउन सकिन्छ । त्यस्तै हत्केलामा भएका बिभिन्न रेखाहरुले पनि व्यक्तिको बारेमा बताइरहेको हुन्छ । यस्तै कुरालाई बिश्वास गर्ने व्यक्तिहरु विभिन्न ठाउँमा हेराउन गइरहेको देख्न पाउँछौ ।

कसैले यस्ताकुराहरुलाई वाइयात हो भनेपनि बिश्वमा विकशित मुलुकहरुमा पनि यस्ता कुराहरुलाई विश्वास गरेको पाइन्छ । त्यस्तै यहाँ एक भिडियोमा तपाईको बुढी औलाको आकार कस्तो छ । सो अनुसारको फल तथा मानिसको स्वभाव कस्तो हुन्छ भन्ने कुराहरु बताइएको छ । हेर्नुहोस् तपाई पनि तपाईको औला अनुसार तपाईको स्वभाव कस्तो छ त ! जानी राखौ :-

१) सिधा बुढी औला एकदम प्रोफेसनल, सफलता प्राप्ति गर्ने र यस्ता व्यक्तिहरुको जीवन एकदम ब्यबस्थित हुन्छन । यिनीहरु एकदम अनुसासनमा बस्छन। यिनीहरुको जीवनको लक्ष्य भनेको धेरै पैसा कमाउनु र इज्जत कमाउनु हुन्छ । यस्ता व्यक्तिहरु एकदम घमण्डी, स्वार्थी र अहंकारी हुन्छन । आफ्नो जीवनको एक मिनेट पनि खेर जान दिदैन । देखाउनको लागि कसैलाई पनि सहयोग गर्दैन् । यदि कसैले मग्न आएमा अस्विकार पनि गर्दैनन। काम नगर्ने कुरा मात्र गर्ने यस्ता मान्छे उनिहरुलाई पटक्कै मन पर्दैन ।

उनीहरुको बैबाहिक जीवनमा श्रीमान र श्रीमतीको सम्बन्ध एकदम राम्रो हुन्छ । बच्चा पनि राम्रो हुन्छन । तर आफन्त साथी भाई संग भने सम्बन्ध नराम्रो हुन्छ किनकि प्राय मान्छेहरु उनलाई एकदम स्वार्थी ठान्छन । आफ्नो समस्या कहिले अरुलाई नसुनाउने भएका कारण यस्ता व्यक्तिलाई साथी भाई आफन्तले नराम्रो मान्ने गर्छन ।

२) अलि कति बांगो बुढी औला यदि जीवनमा जिन्दगीको अरुबाट मज्जा लिन मन छ भने यस्ता मान्छेको संग जानुहोस्। यस्ता मान्छे आफ्नो काम गर्न मन पराउछ । यदि काममा गए पनि त्यहा सबैको मन जित्न सफल हुन्छन। हरेक काममा सकरात्मक सोच लिन्छन । बैबाहिक जीवन एकदम सुखमय हुन्छन । तर नोकरीको मामिलामा भने अलि अफ्ट्यारो पैदा हुन्छ ।

उनीहरु इमान्दारीले भरिपूर्ण हुन्छन । जीवनलाई गम्भीर रुपमा सोच्छन । नोकरीमा टिकिरहन उनलाई गाह्रो हुन्छ । तर व्यापार व्यवसायमा संलग्न रहेमा एकदम लाभ उठाउन सक्छन । एकदम दयालु हुन्छन । यदि कसैले सहायोग मागेमा आफुसंग नभएपनि अरु संग मागेर भए पनि दिन तयार हुन्छन । आमा, बुबालाई एकदम माया गर्छन । घर व्यबस्थापन एकदम राम्रो तरिकाले गर्ने गर्छन । यिनीहरुको जीवनमा पैसाको कमि हुदैन। जीवनको अन्तिम पल एकदम सुखमय हुन्छन ।

३) पुरै बाङ्गिएको बुढी औला यस्ता मान्छे अलिकति पनि घमण्डी हुदैनन, स्वार्थी पनि हुदैन् एकदम गाई जस्तै सोझ हुन्छन। जस्तो सुकै समस्या आएपनि तुरन्तै समाधान गर्न सक्छन । यस्ता मान्छे अरुलाई गफ गर्न मन पर्दैन अरुलाई पछाडीबाट सहयोग गर्न तयार हुन्छन ।

यस्ता व्यक्तिलाई राजनीतिक एकदम फाप्छ । ठुलो मान्छे बन्ने सम्भाना हुन्छ तर जीवनमा आर्थिक समस्या भने आइ परिरहन्छ । यस्ता समस्या आइ परे पनि समस्या समाधान गर्न सफल हुन्छन ।

यो पनि पढ्नुहोस् :

शास्त्रअनुसार स्वयं यमराजको पनि भएको थियो मृत्यु, यस्तो छ कारण