, विश्वकै सबैभन्दा खतरानक टापु,जहाँ सर्पमात्र बस्छन्

विश्वकै सबैभन्दा खतरानक टापु,जहाँ सर्पमात्र बस्छन्

ब्राजिलमा इलाहा दा क्युइमाडा ग्राण्ड नाम गरेको एक टापु सर्पको बासस्थानको रुपमा चिनिन्छ । जहाँ मानिसको सट्टामा सर्पहरु बस्ने गर्छन् । यो टापुलाई विश्वकै सबैभन्दा खतरानक टापु पनि मानिने गरिन्छ । साथै यो टापुलाई सर्पको टापु नामले पनि चिनिन्छ । यो टापु चार लाख ३० हजार वर्गमिटरको क्षेत्रफलमा फैलिएको छ ।

यो टापुमा विश्वको सबैभन्दा धेरै सर्प पाइन्छ । यो टापुमा एक लाइट हाउस रहेको छ र यसमा एक कर्मचारी बस्ने गरेका छन् । उनले यहाँका सर्पहरुको हेरचाह गर्ने गरेका गर्छन् ।

एकपटक टापुमा रहेको यो लाइट हाउसको झ्यालको काँच फुटेको थियो, जसको कारण सबै सर्पहरु घरभित्र छिरेका थिए र यहाँ रहेका कर्मचारी आफ्नो ज्यान जोगाउन बाहिर भागेका थिए तर उनी बाँच्न भने सकेनन् । भोलिपल्ट उनलाई खाना पु–याउन गएका मानिसहरुले उनको लाश फेला पारेका थिए ।

यो टापुमा सामान्य पर्यटकहरुलाई भ्रमणको अनुमति दिइएको छैन तर सीमित वैज्ञानिकहरुलाई भने अनुमति लिएर प्रवेश गर्न दिइने गरिएको छ ।