७ बैशाख २०८१, शुक्रबार

वडाध्यक्षले अर्कैकी श्रीमति भगाएर कुलेलाम ठोकेपछि…..


वडाध्यक्षले अर्कैकी श्रीमति भगाएर कुलेलाम ठोकेपछि.....

सल्यान । स्थानीय सरकारका प्रतिनिधिले नै एकपछि अर्को घटनाले संघीयतालाई नै बेइज्वत गराइरहेका छ । कुनै भ्रष्टचार गरेर चर्चामा छन् भने कुनै यस्ता अनौठा काम गरेर चर्चामा हुने गर्छन । कस्तो आश्चर्य सुन्नुपर्ने ! अर्कैकी श्रीमति भगाएर वडाध्यक्ष कुलेलाम ठोकेका छन् । यो घटना हो सल्यान जिल्लाको ।

सल्यान जिल्लाको बन्गाडकुपिण्डे नगरपालिका-९ का वडाध्यक्ष इन्द्र कुमाई २ जना पत्नी हुँदाहुँदै अर्कैकी पत्नी लिएर भागेका छन् । उनी गाउँकै गौरी बोहरालाई भगाएर फरार भएको प्रहरीले बताएको छ । ५२ वर्षीय वडाध्यक्ष कुमाईकी पहिलो पत्नीबाट २ जना छोरी र दोस्रोबाट २ जना छोरा छन् ।

दुवैको खोजीका लागि सबै नाकाहरुमा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी प्रमुख डीएसपी गोविन्द थापाले बताएका छन् । उनका अनुसार यसअघिका पत्नीहरुले प्रहरीमा उजुरी दिएपछि बहुविवाहको मुद्दा अघि बढाउने तयारी गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !