१३ बैशाख २०८१, बिहिबार

साचो माया पत्ता लगाइदिने ‘ट्रु माया टेस्टर ब्रा’ नामको यो ब्रा


ब्रा

जापानको एक कम्पनीले यस्तो ब्राबाट साचो माया पत्ता लगाउन सकिन्छ । यो ब्रा उसको हातबाट मात्र खुल्छ, जसले साचो माया गर्छ । ‘ट्रु माया टेस्टर ब्रा’ नामको यस ब्रामा सेन्सर फिट गरिएको छ, जुन ब्लुटुथको माध्यमबाट स्मार्टफोनमा कनेक्ट गरिन्छ । यो सेन्सरले महिलाको मुटुको गति पत्ता लगाउछ र मोबोइल एपलाई सन्देश पठाउँछ । यदि महिला कुनै व्यक्तिसँग खुशी वा उत्साहित भएमा यो ब्रा अटोमेटिक खुल्छ ।

कम्पनीको अनुसार, जब महिला मायामा उत्साहित हुन्छिन, उनको उत्तेजना अन्य उत्तेजना भन्दा फरक हुन्छ । कम्पनीले बकाइदा एक भिडियो जारी गर्दै यस कुराको ट्रायल गरेको छ, ब्रा ले कुन तरिकाले काम गर्छ भनेर स्पष्ट देखाइएको छ । महिलाले आफ्नो साचो माया भेटेमा उनको मुटुको धड्कन फरक हुन्छ । उक्त ब्रा ले मुटुको धड्कन अनुसार पहिचान गर्छ ।-एजेन्सीको सहयोगमा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !