१५ बैशाख २०८१, शनिबार

पत्नीको लाशसँग ६ दिनसम्म पति सुतेपछि…


पत्नी

इंग्ल्यान्डमा एक व्यक्तिले पत्नीको निधन पश्चात अन्तिम सस्कार गर्न दिएनन् र मरेको शरीरलाई आफ्नो बेडरुममा राखे । ती व्यक्तिले शव कोठामा मात्र राखेनन केहि दिन त सँगै पनि सुते । उनको नाम रसेल डेविसन हो । उनकी पत्नीलाई क्यान्सर भएको थियो । १० वर्षदेखि क्यान्सरसँग जुधिरहेकी वैडीले अन्तत क्यान्सरसँग हारेकी थिइन् ।

रसेलले वेडीको आखिरी इच्छा आफ्नो सपनाको घरमा सास फेर्ने भएको जनाएका छन् । वेडीको निधनपछि रसेलले १ हप्तासम्म शवलाई आफ्नै बेडरुममा राखे । शवसँगै कुरा गर्दै निदाउने गर्थे रसेल । रसेलले यो दुनियालाई चुनौति दिन आफुले यस्तो जोखिम उठाएको बताएका छन् । उनले जसलाई हामी धेरै माया गर्छौ, उसको निधन पश्चात हामीले क्रुर व्यवहार गर्नुहुँदैन । पत्नीको शवसँग करीब १ हप्ता सँगै सुत्दा धेरै आनन्द प्राप्त गरेको जानकारी दिएका छन् ।-एजेन्सी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !