१५ बैशाख २०८१, शनिबार

श्रीमतीको टुथपेस्टमा श्रीमानले विष हालिदिएपछि…


टुथपेस्ट

पतिले पत्नीको टुथपेस्टमा विषालु पदार्थ हालिदिएका छन् । यो घटना टेनिसको कोलिविर्लीमा बस्ने स्टेसी वार्टमैनको हो । उनले दैनिक जस्तै बिहान उठेर ब्रश गरिन् । तर ब्रश गरीसकेपछि स्टेसीलाई अजीबको समस्या हुन थाल्यो । स्टेसीको मुखमा भयंकर पोल्न थाल्यो र टाउकोमा दुखाई पनि बढ्दै गयो । उनको मात्र नभएर उनकी छोरीको पनि स्वास्थ्य पनि बिग्रियो ।

दुवैजना आमा छोरी नै गम्भीर अवस्थामा अस्पतालमा भर्ना भए । उनीहरुको त्यस्तो हालत देखेर डाक्टरले तुरुन्त उपचार सुरु गरे । डाक्टरले जाँच गरेपछि पेस्टमा विष मिसाइएको पत्ता लाग्यो, जसको कारण उनीहरुको स्वास्थ्य अवस्था गम्भीर भएको थियो । स्टेसीलाई त्यसरी पेस्टमा विष मिसाउने अरु कोही नभएर उनकै श्रीमान फ्रेड थिए । त्यो कामको लागि फ्रेडले अन्य सहयोगीको सहायता लिएका थिए । स्टेसी र फ्रेडले २००० मा विवाह गरेका थिए, यी दुवैको ३ सन्तान पनि छन् ।-एजेन्सी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !