८ बैशाख २०८१, शनिबार

निसन्तान दम्पत्तिलाई डाक्टरले आँखै अगाडि यौन सम्पर्क गर्न लगाएपछि…


यौन सम्पर्क

एक निसन्तान दम्पत्ति उपचारको लागि कथित डाक्टरकोमा गए । निसन्तान दम्पतीको उपचार गर्ने डाक्टरले आफ्नै अगाडि यौन सम्बन्ध राख्न लगाए । डाक्टरले कसको गल्ती कहाँनिर छ भनेर हेर्न चाहेको बताएपछि दम्पत्ति पनि तयार भए र उनले भने जस्तै गरे । तर उनीहरुको उपचार गर्ने डाक्टर सक्कली भने होइनन् भन्ने पछि थाहा पाए । हाल डाक्टरलाई अदालतले १० वर्ष जेल र १० हजार रुपैयाँ सजाय तोकेको छ । योगेश कुपेकर नामका एक व्यक्तिको सम्र्पकमा निसन्तान दम्पत्ति पुगेका थिए । उनीहरुलाई योगेश आफैले निसन्तानको डाक्टर भएको जानकारी दिएका थिए । नक्कली डाक्टरलाई दम्पतीले सन्तानको लागि जे गर्न पनि तयार रहेको बुझिसकेकाले उनीहरुलाई झुक्याए ।

उनले दम्पतीलाई आफू नजिक बोलाएर भने कि मेरो आँखा अगाडि शारीरीक सम्बन्ध राख्नु । उनले आफ्नो अगाडि सम्बन्ध राख्दा गर्भवती हुने बताएका थिए । उनले यतिमात्र गर्न लगाएनन् दम्पत्तिसँग पैसा पनि लिए । कथित डाक्टरले भने जस्तै गर्दा पनि गर्भवती नभएपछि उनीहरुलाई तनाव हुन थाल्यो । महिलाको स्वास्थ्य बिग्रदै जाँदा अस्पतालमा भर्ना गर्नुपर्यो । उसको उपचारले केही काम नगरेपछि ठगी गरेको शंका लागेर प्रहरीमा उजुरी दिए । प्रहरीले आरोपीलार्ई समातेर १० वर्षको जेल र १० हजार रुपैयाँ सजाय सुनाएको छ ।-एजेन्सीको सहयोगमा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !