१५ बैशाख २०८१, शनिबार

यी महिलाले आफ्नो पिसाब बेचेरै लाखौ रुपैयाँ कमाइन्


पिसाब

अमेरिकाको फ्लोरिडामा बस्ने एक युवतीले आफ्नो पिसाब बेचेर घरमै बसेर लाखौ रुपैयाँ कमाएकी छिन् । सुन्दा आश्चर्य लागेपनि यो सत्य कुरा हो । यो सुनेपछि सबैजना मानिसहरुको मनमा एउटै प्रश्न आउछ मानिसहरुले उनको पिसाब किन खरिद गर्छन् । वास्तवमा कलेज पढ्ने युवतीले एक अनलाइन सेवामा आफ्नो पिसाब बेच्ने विज्ञापन दिएकी थिइन् ।

उनले लेखेकी थिइन्, ‘म ३ महिनाको गर्भवती हुँ । जसले पनि मेरो पोजेटिभ गर्भवती जाँच र पिसाबको आफ्नो कुनै खास कामको लागि प्रयोग गर्न चाहेमा म दिन सक्छु । पिसाबको एक वा दई थोपाको लागि २५ डलर चार्ज लिनेछु ।’उनले यसरी पिसाब बेचेर हरेक दिन २ सय डलर वा १२ हजार रुपैयाँ कमाउदै आएकी छिन् ।-एजेन्सीको सहयोगमा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !