११ श्रावण २०८१, शुक्रबार

नशामा प्रेमिकाले गरिन् प्रेमीको हत्या


हत्या

एजेन्सी । अहिलेका मानिसहरु सानो सानो कुरामा पनि आवेगमा आउँदा कुनै पनि ठुला घटना घट्न सक्छन् । अमेरीकाको पेंसिल्वेनियामा यस्तै एउटा अपराधिक घटना भएको छ । जहाँ एक महिलाले रिसको झोकमा आफ्नै प्रेमीको हत्या गरिदिएकी छिन् । आश्चर्यको कुरा त उनले कुनै हतियारको प्रयोगले प्रेमीको हत्या गरेकी भने होइनन् ।

४४ वर्षीय विन्डी थामसले प्रहरी समक्ष आफ्नो पेटले कीनो बटलरको हत्या गरिदिएको बताएकी छिन् । पेटले हत्या गरेको सुन्ने प्रहरी पनि अचम्मा परेको छ । खासमा उनले आफ्नो प्रेमीको गलामा पेट राखिदिएकोले उनले सास फेर्न नपाएकोले उनको ज्यान गएको हो । वास्तवमा यी महिला मोटोपनको सिकार हुँदै आएकी छिन् । हाल उनको तौल १३३ किलो रहेको छ । ति महिलामाथि आफुलाई दोषबाट बच्न आफु मोटोपनको सिकार भएको आरोप लागेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !