१४ बैशाख २०८१, शुक्रबार

लकडाउन अवधिभर इन्टरनेट र डाटा प्याकको शुल्कमा २५ प्रतिशत छुट


Internet-Wifi

चैत १६, काठमाडौं । नेपाल सरकारले लकडाउन अवधिभरीका लागि इन्टरनेट र डाटा प्याकको शुल्कमा २५ प्रतिशत छुट दिने निर्णय गरेको छ । यो निर्णय निजी इन्टरनेट सेवा प्रदायक कम्पनीको हकमा पनि लागू हुनेछ । नेपाल सरकारका प्रवक्ता एवं अर्थमन्त्र‍ी, सञ्‍चार तथा सूचना प्रविधि मन्त्र‍ी  डा. युवराज खतिवडाले मन्त्रीपरिषद्को निर्णय सार्वजानिक गर्दै उक्त कुरा बताएका हुन् ।

फागुन र चैत महिनाको विद्युत्, खानेपानी, दूरसञ्चार र इन्टरनेट शुल्क वैशाख मसान्तसम्म तिर्दा जरिवाना नलिने निर्णय सरकारले गरेको छ । बिजुलीमा पनि छुट मासिक १५० युनिटसम्म बिजुली खपत गर्ने ग्राहकलाई फागुन र चैतभर २५ प्रतिशत महसुल छुट दिने निर्णय पनि भएको जानकारी दिएका छन् । आइतबार साँझ बसेको मन्त्रिपरिषद बैठकले एक सय ५० युनिटसम्म विद्युत उपभोग गर्ने ग्राहकलाई फागुन र चैत महिनाको महशुलमा २५ प्रतिशत छुट दिने निर्णय गरेको खतिवडाले जानकारी दिएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !