७ बैशाख २०८१, शुक्रबार

फेसबुक कम्पनीको नयाँ नाम परिवर्तन गरेर ‘मेटा’ राखियो


फेसबुक कम्पनीको नयाँ नाम परिवर्तन गरेर ‘मेटा’ राखियो

काठमाडौं । फेसबुकले आफ्नो कम्पनीको नाम परिवर्तन गरी ‘मेटा’ राखेको छ । फेसबुकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मार्क जुकरबर्गले हिजो बिहीबार क्यालिफोर्नियास्थित मेन्लो पार्कको मुख्यालयमा एक कार्यक्रम गरेर आफ्नो प्यारेन्ट कम्पनीको नाम अब ‘मेटा’ रहने घोषणा गरेका हुन् ।

जुकरबर्गले मेटाको नयाँ लोगो सार्वजनिक समेत गरे जसको नयाँ लोगो इनफिनिटी आकारको रहेको छ । जुकरबर्गले भर्चुअल सम्मेलनमार्फत ‘मेटाभर्स’ बनाउने योजना सार्वजनिक गर्दै कम्पनीको नाम ‘मेटा’ राखिएको जानकारी दिएका हुन् ।

जुकरबर्गले नयाँ नामले कम्पनीको भविष्यप्रतिको दृष्टिकोणलाई प्रतिबिम्बित गर्ने बताएका छन् । कम्पनीको नाम परिवर्तन भए पनि सामाजिक सञ्जालका नाम भने पुरानै रहने पनि उनले बताएका छन् । फेसबुकले इन्स्टाग्राम, ह्वाट्सएप र ओकुलस पनि चलाउँदै आएको छ ।

केही समयअघि मात्रै फेसबुकले भर्चुअल रियालिटीका क्षेत्रमा काम गर्ने गरी विकास गर्न लागेको ‘मेटाभर्स’ प्रोजेक्टका लागि युरोपमा १० हजार जना कर्मचारीलाई रोजगारी दिने घोषणा गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !