८ पुस २०८१, सोमबार

अफवाह फैलाएर समाचार लेख्ने ६ अनलाइनलाई प्रेस काउन्सिलद्वारा कारबाही


रुपा सुनार

काठमाडौँ। प्रेस काउन्सिल नेपालले अफवाह फैलाएर समाचार लेख्ने ६ अनलाइन बन्द गराउने भएको छ । रुपा सुनार र सरस्वती प्रधानको कोठा भाडा लिनेसम्बन्धी विवादका विषयमा अफवाह फैलाएर समाचार लेख्ने खबरमाला डटकम, कालापानी पोस्ट, मिडिया २० पोस्ट, आजको नयाँ डटकम, ग्यालेक्सी सेभेन एक्सप्रेस डटकम र साझा मिडिया डटकम अनलाइन बन्द गराउन नेपाल दुरसञ्चार प्राधिकरणलाई प्रेस काउन्सिलले आज पत्र पठाएको हो ।

यी अनलाइनले सुनारलाई युरोपियन युनियन (इयु) बाट डेढ करोड खाएको जस्ता लाञ्छना लगाएका थिए । यही असार १ गते कोठा भाडामा लिन जाँदा काठमाडौँको बबरमहलस्थित घरधनी प्रधानले सुनारलाई जात थाहा पाएपछि कोठा दिन अस्विकार गरेको दावीसहितत रुपाले जाहेरी दिएका थिए ।

तीन दिन हिरासतमा रहेकी प्रधान हाल रिहा भई सकेकी छन् । रुपाले आफूलाई जातीय द्वन्द्व फैलाउन युरोपियन युनियनबाट उचालिएका जस्ता भ्रामक समाचार लेखेर जातीय भेदभाव र छुवाछूतलाई दुरुत्साहन गर्ने कार्य गरेको भन्दै ती अनलाइनविरुद्ध काउन्सिलमा उजुरी दिएकी थिइन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !