१४ बैशाख २०८१, शुक्रबार

नेपाल पत्रकार महासंघको निर्वाचनमा पोख्रेलको प्यानल विजयी


नेपाल पत्रकार महासंघमा पोख्रेलको प्यानल विजयी

काठमाडौँ । नेपाल पत्रकार महासंघको अध्यक्षमा विपुल पोख्रेल निर्वाचित भएका छन् । आज सम्पन्न मतगणनामा अध्यक्षका प्रत्यासी निर्मला शर्मालाई हराउँदै पोख्रेल निर्वाचित भएका हुन् ।

निर्वाचन समितिका सदस्य सचिव भक्ति घिमिरेका अनुसार पोख्रेलले ६ हजार ९४२ मत ल्याई विजयी भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी शर्माले ३ हजार ९१५ मत प्राप्त गरेकी थिइन् । अध्यक्षकै अर्का उम्मेदवार गजेन्द्रप्रसाद बुढाथोकीले ४९१ मत र रामप्रसाद दाहालले १५६ मत प्राप्त गरेका छन् ।

यही चैत २५ गते पहिलोपटक महासङ्घमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट मतदान गरिएको थियो । पोख्रेल प्यानलका अधिकांश उम्मेदवार विजयी भएका हुन् । निर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा रमेश विष्ट, महिला उपाध्यक्षमा बाला अधिकारी, समावेशी उपाध्यक्षमा उदय जिएम, महासचिवमा रोशन पुरी र कोषाध्यक्षमा कलेन्द्र सेजुवाल निर्वाचित भएका छन् ।

यस्तै खुला सचिवमा गोविन्द चौलागाईँ, सचिव (महिला) मा सिर्जना अर्याल, सचिव (आदिवासी जनजाति) नारायणसुन्दर किलम्बू, सचिव (मधेसी) दीपेन्द्र चौहान, सचिव (दलित) मा हेमकर्ण विक र सचिव (एशोसिएट) मा पवन आचार्य निर्वाचित भएका छन् । यस्तै लेखा समिति संयोजकमा लेखनाथ न्यौपाने निर्वाचित भएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु