२४ पुस २०८१, बुधबार

सिन्धुपाल्चाेकको मेलम्ची र इन्द्रावती नदीमा बाढी : ५० जना भन्दा बढी बेपत्ता


सिन्धुपाल्चाेकको मेलम्ची र इन्द्रावती नदीमा बाढी

सिन्धुपाल्चोक । मनसुनको सुरुवात भएसँगै अविरल वर्षाका कारण सिन्धुपाल्चाेकको मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीका कारण ५० जनाभन्दा बढी बेपत्ता भएका छन् ।

मेलम्ची खानेपानी ड्याम, तिम्बु बजार, चनौटे बजार, तालामाराङ बजार, मेलम्ची बजार, क्षतविक्षत बनाएको प्रहरीले जनाएको छ । यसैगरी नाकोते पूल, तिम्बु पूल, फट्टे पूल, मेलम्ची पूल, बाहुनेपाटी पूल, ढाँडखोला पूल बगाएको छ ।

बाढी र माटोको लेदोले मेलम्ची क्षेत्रका पक्की घरका संरचनामा पनि क्षति पुगेका छन् । नदी किनाराका सम्पूर्ण संरचना ध्वस्त बनाएर अरबौंको क्षति पूर्‍याएको छ ।

बाढीले मेलम्ची खानेपानी आयोजनाको ड्याम र नेशनल हाइड्रोपावरको ड्याम पूर्ण रुपमा क्षतिग्रस्त भएको छ भने नदी तटीय क्षेत्रमा भएका रिसोर्ट तथा ईको रिसिोर्ट गरी आधा दर्जन रिसोर्ट बगाएको छ ।

अविरल वर्षासँगै विद्युत् अवरुद्ध भएकाले स्थानीयसँग सम्पर्क गर्न कठिनाइ भएको जल्ला समन्वय समिमितिले जनाएको छ । यसैबीच, नदीमा पानीको सतह बढेपछि नदी आसपासका बस्ती र बजारहरु खाली गराइएको छ ।

मेलम्ची बजारसहित मेलम्ची र इन्द्रावती नदी किनारका बाहुनेपाटी, सिपाघाटमा बस्ती खाली गराउन थालिएको हो । उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको र स्थानीय जुटेका छन्।

जल तथा मौसम विज्ञान विभागले सिन्धुपाल्चोकको जलबिरेस्थित बलेफी खोला जलमापन केन्द्रमा अक्स्मात जलसतह बढेर खतराको तह पार गरेकाले तटीय क्षेत्रहरूमा अर्को सूचना जारी नभएसम्मका लागि उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !