९ जेष्ठ २०८१, बुधबार

पहिरोले सिद्धार्थ राजमार्गको तानसेन-बुटवल सडक अवरुद्ध, ट्रक पुरियो


पाल्पा, साउन ३ । सिद्धार्थ राजमार्गमा हिजो साँझदेखि गएको पहिरोले एउटा ट्रक पुरेको छ । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल-तानसेन सडक खण्डको तल्लो डुम्रे नजिकै पहिरो खस्न नरोकिँदा सडक पुनः अवरुद्ध भएको छ ।

पाल्पाको तानसेन नगरपालिका-८ मा पर्ने गौडेपुल नजिकै गएराति फेरि पहिरो खस्दा सडक पूर्णरुपमा अवरुद्ध भएको हो । चालक र सह चालक भने भागेर बाँच्न सफल भएका छन् । तानसेन नगरपालिका वडा नम्वर ८ को गैडेपुल नजिकै माथिबाट गएको पहिरोले लु १ क ११७५ नम्वरको ट्रक पुरेको हो ।

पहिरो पन्छाउन दुबै तर्फबाट डोजर लगाइए पनि दिनैभर सडक अबरुद्ध हुन सक्ने पाल्पाका प्रहरी प्रमुख एसपी दिपक खरेलले बताएका छन् । त्यहाँको पहिरोका कारण बाग्लुङ्ग, गुल्मी, स्याङ्गजा, पाल्पा र पोखरातर्फ आवत-जावत गर्ने यात्रुवाहक र मालवाहक सवारी साधन ठप्प भएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !