१० जेष्ठ २०८१, बिहिबार

सिन्धुपाल्चोकको फुल्पिङकट्टी पहिरो : फेरि थपिएपछि स्थानीयबासी त्रासमा


सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–४ फुल्पिङकट्टी पहिरो

सिन्धुपाल्चोक, २ साउन । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-४ फुल्पिङकट्टी गएराति दुईपटक पहिरो गएको छ । स्थानीयबासी बुद्धि गुरुङले राति फेरि पहिरो थपिएपछि स्थानीय त्रासमा रहेको जानकारी दिए । बिहीबार फुल्पिङकट्टी गएको पहिरो परी दुई जनाको मृत्यु र एकै परिवारका अन्य तीन जना बेपत्ता भएका थिए ।

पहिराले घर पुरिँदा घरभित्र सुतिरहेका पाँच जना बेपत्ता भएका थिए । ती मध्ये दुई जनाको शव फेला परेको छ । सोह्र वर्षीया याङ्जी शेर्पा र ३५ वर्षीया निमा साङ्बु शेर्पाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए । बिहीबार खोतलेको स्थान पूरै लेदोले पुरिएकाले खोजीकार्य शुरु गर्न गाह्रो भएको उनको भनाइ छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु