१९ बैशाख २०८१, बुधबार

काठमाडौँको कपनमा आगलागी : दाइको मृत्यु, ११ महिने भान्जासहित बहिनी घाइते


Fire-2

काठमाडौँ । काठमाडौंको कपन बालुवाखानी चोकस्थित नारायण बहादुर बस्नेतको घरमा हिजो सोमबार राति आगलागी हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । बस्नेतको ४ तले घरको पहिलो तलामा डेरा गरी बस्ने नुवाकोट शिवपुरी गाउँपालिका-५ घर भएका कृष्ण बहादुर तामाङको कोठामा विद्युत सर्ट भई आगलागी हुँदा उनको जलेर मृत्यु भएको हो ।

घटनामा मृतककी ३५ वर्षीय बहिनी बिपना तामाङ र उनका ११ महिनाका छोरा दावा तामाङ जलेर घाइते भएका छन् । उनीहरूको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार बिपना तामाङको शरिरको विभिन्न भागमा ३० प्रतिशत जलेको छ भने दावा तामाङको शरिरको विभिन्न भागमा १२ प्रतिशत जलेको छ ।

बिपना दाजुसँग तिहार मनाउन आएकी थिइन् । आगलागी दमकल, प्रहरी र स्थानिय बासीको सहयोगमा सोमबार राति करिब २ बजे पुर्ण रुपमा नियन्त्रणमा आएको थियो । आगलागीमा कति भौतिक क्षति भयो भ्ने विवरण खुल्न सकेको छैन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !