झापामा मैनबत्तीबाट आगो सल्केर बालिकाको मृत्यु Nepalpatra
१० मंसिर २०७७, बुधबार

झापामा मैनबत्तीबाट आगो सल्केर बालिकाको मृत्यु


जिउँदै जलाए श्रीमती

दमक । मैनबत्तीबाट आगो सल्केर झापाको कमल गाउँपालिकामा गए राति एक बालिकाको मृत्यु भएको छ । कमल–२ स्थित थापा गाउँका धु्रव परियारकी सात वर्षीया छोरी रेजुका परियारको जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

बुबाआमा घरबाहिर रहेको र छोरी रेजुका मात्रै घरभित्र सुतिरहेको अवस्थामा राति ९ बजेतिर अचानक मैनबत्तीबाट आगो सल्किएको थियो । आगो दन्किएपछि घरभित्र रहेकी बालिकालाई बाहिर निकाल्न नसक्दा घटनास्थलमै बालिकाको मृत्यु हुन पुगेको प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले बताउनुभयो ।

आगलागीबाट परियारको इँटाको गारो र टिनको छानो पूर्णरूपमा जलेर नष्ट हुँदा करिब रु १५ लाख बराबरको क्षति भएको छ । आगो निभाउने क्रममा ग्यास सिलिण्डर पड्किएर स्थानीय २२ वर्षीय राम टुडु सामान्य घाइते हुुनुभएको थियो । स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको आएको प्रनाउ पण्डितले वताउनुभयो ।



प्रतिक्रिया दिनुहोस !