६ जेष्ठ २०८१, आइतबार

अमेरिकाको अलास्कामा ७.८ म्याग्नीच्यूडको भूकम्प


Earthquake

वासिङ्टन, ७ साउन । संयुक्त राज्य अमेरिकाको अलास्कालाई केन्द्रविन्दु बनाएर ७.८ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्भेका अनुसार उक्त भूकम्प अलास्काको दक्षिणी भेगमा स्थानीय समय अनुसार अपराह्न २.१२ बजे आएको थियो ।

भूकम्प जमिनको सतहबाट करिब १० किलोमिटर गहिराईमा आएको थियो । उक्त भूकम्पका कारण कुनै जनधनकाे क्षति भएकाे बारेमा विवरण प्राप्त भइसकेकाे छैन ।

भूगर्भ केन्द्रले भूकम्पको गएको क्षेत्रको आसपास सुनामीको खतरा रहेको जनाएको छ । भूकम्पको धक्का सयौं माइल टाढासम्म अनुभव गरिएको थियो । अलास्का भूकम्पीय जोखिमयुक्त क्षेत्र हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !