७ बैशाख २०८१, शुक्रबार

नेपालमा थप १ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि


मृत्यु

अर्घाखाँची, २९ जेठ । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिकाको क्वारेन्टिनमा बसेर उपचारका लागि बुटवल गएर फर्कदै गर्दा बाटोमै मृत्यु भएका व्यक्तिमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।

परीक्षणका लागि पठाइएको स्वाब परीक्षण गर्दा आज रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयका जन स्वास्थ्य निरीक्षक गणेशराज पौडेलले बताउनुभयो । गाउँपालिकाको क्वारेन्टिनमा बसेर उपचारका लागि बुटवल गएर फर्कदै गर्दा ५७ वर्षका १ जना पुरुषको बाटोमै मृत्यु भएको थियो ।

वडा नम्वर ४ ब्याडापाटाको सार्वजनिक आधारभूत विद्यालयमा रहेको क्वारेन्टिनमा बसेका उहाँको उपचार गरी फर्कर्दै गर्दा बाटोमै मृत्यु भएको हो । घाँटीको शल्यक्रिया समेत गरेका उहाँलाई श्वास-प्रश्वासमा समस्या आएपछि उपचारका लागि मङ्गलबार जिल्ला अस्पताल सन्धिखर्कमा सामान्य उपचारपछि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल सिफारिस गरिएको थियो ।

लुम्बिनी प्रादेशिक अस्पतालमा बुधबार उपचारपछि घर फर्कदै गरेका उहाँको गोरुसिंगे सन्धिखर्क सडकको कोन्द्रे खोलामा मृत्यु भएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसको आधिकारिक पुष्टि गर्न भने बाँकी छ ।  योसँगै अर्घाखाँचीमा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ ।

नेपालमा यसअघि सिन्धुपाल्चोकमा १ जना, बाँकेमा १ जना, गुल्मीमा १ जना, बारामा १ जना, ललितपुरमा १ जना, अर्घाखाँचीका १ जना, दैलेखका १ जना, बाजुराका १ जना, दोलखाका १ जना, पाल्पाका १ जना, सुर्खेतका १ जना, डोल्पा १ जना र कैलालीका १ जना, स्याङ्जाका १ जना र चितवनका १ जना गरी १५ जनाको कोरोना संक्रमणबाट मृत्यु भईसकेको छ ।

यो पनि पढ्नुहोस्

नेपालमा ८६१ जनाले जिते कोरोना, थप १८७ जना घर फर्किए

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५ पुग्यो

नेपालमा संक्रमितको संख्या ४६१४ पुग्यो, आज थपिए कोरोनाका नयाँ २५० संक्रमित


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !