१५ जेष्ठ २०८१, मंगलबार

बाजुरा अस्पतालको आइसोलेसनमा रहेकी २ वर्षीया बालिकाको मृत्यु


मृत्यु-निधन

बाजुरा, जेठ १८ । बाजुराको सदरमुकाम मार्तडीस्थित जिल्ला अस्पतालको आइसोलेसनमा एउटी बालिकाको मृत्यु भएको छ । उनको पिसिआर परीक्षणको लागि धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा पठाइएको छ । बुढिगंगा नगरपालिका-१ का २ वर्षीया बालिकाको आइतबार बिहान मृत्यु भएको थियो । मृतक बच्चाको कोरोना रिपोर्ट आएपछि अन्त्येष्टि गरिने अस्पतालले जनाएको छ ।

बुढिगंगा नगरपालिका-१ धुरालसैनमा माविको क्वारेन्टाइनमा रहेका बालिकाको स्वास्थ्यमा समस्या आएपछि जेठ १५ गते साँझ सदरमुकाम मार्तडीको आइसोलेसनमा राखिएको थियो । बालिकामा पखाला, ज्वरो, श्वासप्रश्वासमा समस्या देखिएको थियो । ८ दिनअघि उनी आमा बुवासँग भारतबाट आएकी थिइन् ।

बालिकासँगै आइसोलेसनमा उनका आमा र बुवा समेत राखिएको छ । बालिका भारतबाट आउने क्रममा बाटोमा बिरामी परेको आफन्तले जनाएका छन् । स्वाब संकलन गरेर तीनैजनाको पीसीआर परीक्षणका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा पठाइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !