९ जेष्ठ २०८१, बुधबार

रहेनन् प्रजातन्त्र सेनानी सदुवा किसान


मृत्यु

सुरुङ्गा । प्रजातन्त्र सेनानी सदुवा किसानको निधन भएको छ । प्रजातन्त्रवादी नेता किसानको ६८ वर्षको उमेरमा आज निधन भएको हो । किसान समुदायका एक मात्रै प्रजातन्त्र सेनानी मेचीनगर निवासी थिए ।

प्रजातान्त्रिक आन्दोलनमा लागेकै कारण किसानलाई पञ्चायती सरकारले उहाँलाई सात वर्ष जेल हालेको थियो । विसं २०२९ देखि २०३६ सम्म चन्द्रगढी जेलमा बन्दी जीवन बिताएका किसानको घरबाट १२ थान हतियार (बन्दुक) बरामद गरिएको थियोे । हतियारसहित पक्राउ परेका उनलाई हतियार ओसारपसार तथा भण्डार तथा राज्यद्रोहको मुद्दा लगाइएको थियोे ।

झापा मेचीनगर नगरपालिका–१० किसान बस्तीका बासिन्दा सिके प्रसाईं (रामबाबु), कुलबहादुर (केबी) गुरुङ, तुर्सा हेमरमका सहयात्री उनी गणेशमान सिंह, गिरिजाप्रसाद कोइरालाका विश्वास पात्र मानिँदै आएका थिए । भूविक्रम नेम्वाङसँगै कांग्रेसले चलाएको सशस्त्र आन्दोलनमा उनी सरिक व्यक्ति भएको बताइन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !