१० जेष्ठ २०८१, बिहिबार

रहेनन् पूर्वप्रहरी महानिरीक्षक खड्गजित बराल


खड्गजित बराल

काठमाडौं । नेपाल प्रहरीका पूर्वप्रहरी महानिरीक्षक खड्गजित बरालको निधन भएको छ । ९३ वर्षीय बरालको आज बुधबार बिहान महाराजगञ्जस्थित आफ्नै निवासमा निधन भएको हो ।

उनको आज बुधबार दिउँसो आर्यघाटमा अन्त्येष्टि गरिने उनको पारिवारिक स्रोतले जानकारी दिएको छ । बराल २०२९ सालदेखि २०३५ सालसम्म नेपाल प्रहरीको प्रहरी महानिरीक्षक बनेका थिए ।

बरालले प्रहरी सङ्गठनको प्रणाली विकास गर्ने सिलसिलामा महत्वपूर्ण योगदान गरेको प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले बताए । प्रहरीको राशन व्यवस्थापन, ब्यारेक, अस्पताल र प्रहरी स्कूल बनाउनमा उनको महत्वपूर्ण योगदान रहेको प्रहरी अधिकारीहरु स्मरण गर्छन् ।

नेपाल प्रहरीको श्रीवृद्धि र उन्नतिमा अतुलनीय योगदान पुर्याएका उनी सङ्गठनको युगपुरुषका रुपमा स्थापित भएको प्रहरी प्रधान कार्यालयले उल्लेख गरेको छ ।

नेपालका नवौँ प्रहरी महानिरीक्षक भएका बराल नेपालको प्रजातान्त्रिक आन्दोलनमात्र होइन भारतको स्वतन्त्रता संग्राममा पनि सहभागी भएका थिए । राणा शासनविरूद्ध कांग्रेसले सुरू गरेको सशस्त्र आन्दोलनमा उनी मुक्ति सेनाका सिपाही थिए।

उनी ४४ वर्षको कनिष्ठ उमेरमा महानिरीक्षक हुने प्रथम व्यक्ति हुन् । उनी प्रहरी सेवाबाट अवकास लिएपछि उनी बर्माका लागि नेपाली राजदूत नियुक्त भएका थिए भने २०३८ सालको राष्ट्रिय पञ्चायतको सांसद भएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु