७ बैशाख २०८१, शुक्रबार

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४ सय नाघ्यो, थप २३ जनाको मृत्यु


मृत्यु

काठमाडौँ । नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप २३ जनाको मृत्यु भएको पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४ सय नाघेर १४१२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो कुराको जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९४९१ पीसीआर परीक्षण गरिएको छ भने आजसम्म १७ लाख पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या १६७९३ जना आइसोलेसनमा रहेकामध्ये ६२१८ संस्थागत आइसोलेसनमा र १०५७५ जना होम आइसोलेसनमा रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा ६८० जना रहेका छन् ।

१६१४ जना कोरोना संक्रमितमध्ये ९७४ जना पुरुषहरु र ६४० जना महिलाहरुमा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा आज ७८५ जनामा कोरोना संक्रमण पुष्टि भएकाहरुमध्ये ४४८ जना पुरुषहरु र ३३७ जना महिलाहरु रहेका छन् । आज काठमाडौं जिल्लाका ६२० जना, ललितपुर जिल्लाका ११४ जना र भक्तपुर जिल्लाका ५१ जनामा कोरोना संक्रमण देखिएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा १७९० जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २७ हजार ६४० पुगेको छ । पछिल्लो २४ घण्टामा १४३७ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २ लाख ९ हजार ४३५ जना पुगेको छ ।

यो पनि पढ्नुहोस्

नेपालमा कोरोना संक्रमणबाट थप २८ जनाको मृत्यु


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !