१२ जेष्ठ २०८१, शनिबार

चितवन थप १ जना कोरोना संक्रमितको मृत्यु


मृत्यु

चितवन, २६ कात्तिक । चितवन मेडिकल कलेजमा उपचारका क्रममा एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नं २ का ५५ वर्षीय पुरुष रहेको अस्पतालले जनाएको छ । अस्पतालका निर्देशक डा दयाराम लम्सालका अनुसार कात्तिक २० गते निमोनियाका कारण उपचारका लागि आएका उनमा कात्तिक २१ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

कोरोना सङ्क्रमण पुष्टि भएसँगै अस्पतालको कोभिड सघन उपचारकक्षमा उपचारका क्रममा उनको आज मृत्यु भएको उहाँले जानकारी दिनुभयो । यससँगै जिल्लामा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ७९ पुगेको छ ।

दुर्घटनामा एकको मृत्यु
पूर्वपश्चिम राजमार्गअन्तर्गत खैरहनी नगरपालिका–१ तरकारी चोकमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा डोल्पा घर भई खैरहनी नगरपालिका– ६ बस्ने २४ वर्षीय अर्जुन गुरुङ रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार लोथरबाट नारायणगढतर्फ आउँदै गरेको ना३ख ५५४ नंको ट्रकले विपरीत दिशाबाट जाँदै गरेको ना५३प ९७५३ नंको मोटरसाइकलाई आज बिहान ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट घाइते मोटरसाइकल चालक गुरुङको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर खाने दुवै सवारी र ट्रकको चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !