काठमाडौँ, कार्तिक ११ । नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप १४ जनाको मृत्यु भएको पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८७६ पुगेको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो कुराको जानकारी दिएको हो । हिजो नेपालमा कोरोना संक्रमणबाट थप १५ जनाको मृत्यु भएको पुष्टि भएको थियो ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २७२५ पीसीआर परीक्षण गरिएको छ भने आजसम्म १४ लाख ६९४ पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या ४०६८१ सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा २९३२ जना रहेका छन् ।
५७० जना कोरोना संक्रमितमध्ये ३ सय ५७ पुरुषहरु र २ सय ११ महिलामा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा आज २५२ जनामा कोरोना संक्रमण पुष्टि भएकाहरुमध्ये १५५ पुरुषहरु र ९७ महिलाहरु रहेका छन् ।
नेपालमा आज कोरोना संक्रमण नयाँ ५७० जनामा पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १६०४०० पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा ३१६८ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या ११८८४३ पुगेको छ ।
नेपालमा कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८७६ पुगेको पुष्टि भएको छ ।