७ बैशाख २०८१, शुक्रबार

बुटवल कोरोना अस्पतालमा उपचाररत थप २ जना कोरोना संक्रमितको मृत्यु


बुटवल कोरोना अस्पताल

बुटवल, कार्तिक ११ । रुपन्देही जिल्लाको बुटवलमा थप २ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमितको मृत्यु भएको छ । बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत तिलोत्तमाकी १ जना महिला र बुटवलका १ जना पुरुष गरी २ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

तिलोत्तमा-११ की ५० वर्षीया महिलाको स्वास्थ्यमा समस्या आएर कात्तिक १० गते पीसीआर परीक्षण गराउँदा कोरोना रिपोर्ट पोजेटिभ आएको र हिजो सोमबार राति ८:१७ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताएका छन् । उनमा श्वासप्रश्वासको समस्या रहेको थियो ।

यस्तै बुटवल-१३ का ५२ वर्षीय पुरुषको कार्तिक ७ गते कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएर अस्पताल भर्ना गरिएको र आज मंगलबार बिहान ६ बजे मृत्यु भएको डा. गौतमले जानकारी दिएका छन् । उनमा पनि श्वासप्रश्वासको समस्या रहेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !