८ बैशाख २०८१, शनिबार

चितवन मेडिकल कलेजमा उपचाररत कोरोना संक्रमित पुरुषको मृत्यु


चितवन मेडिकल कलेज

चितवन, असोज ४ । चितवनमा थप १ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमितको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमामा उपचाररत कालिका नगरपालिका-५ का ५५ वर्षीय पुरुषको आज बिहान बिहान पौने १२ बजे निधन भएको हो ।

कलेजले आज एक विज्ञप्ति जारी गर्दै सोबारे जानकारी गराएको हो । विज्ञप्तिमा भदौं २६ गते निमोनिया र श्वासप्रश्वासमा समस्या भई भर्ना भएका मृतकलाई शनिबार कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ ।

विज्ञप्तिमा सघन उपचार कक्षमा राखेर उपचार गर्दागर्दै चिकित्सक र नर्सहरुले बचाउन नसकेको उल्लेख गरिएको छ । मृतकमा उच्च रक्तचापको समस्या रहेको पनि कलेजले जनाएको छ । योसँगै जिल्लामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १८ पुगेको छ ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !