२१ बैशाख २०८१, शुक्रबार

वीरगञ्जमा कोरोना संक्रमित ७५ वर्षीय पुरुषको मृत्यु


मृत्यु

वीरगञ्ज, भदौ २० । पर्साको वीरगञ्जमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणका कारण थप १ जनाको मृत्यु भएको छ । वीरगन्जको गण्डकस्थित अस्थायी कोभिड अस्पतालमा उपचारररत पर्साको पकाहामैनपुर गाँउपालिका-२ का ७५ वर्षीय संक्रमित पुरुषको शुक्रबार राति साढे ११ बजे मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ ।

उक्त अस्पतालमा बिगत १५ दिनदेखि उपचारररत ती पुरुष क्षयरोगका पुरानो रोगी समेत रहेका बुझिएको छ । ती पुरुषमा कोरोना संक्रमण पुष्टि भएपछि उनलाई भदौ ५ गते गण्डकस्थित अस्थायी कोभिड अस्पतालमा भर्ना गरिएको थियो । उपचारका क्रममा उनको दुवै फोक्सोमा निमोनिया भएको थियो । योसंगै वीरगञ्जमा कोरोना संक्रमणवाट मृत्यु हुनेको संख्या ५६ पुगेको छ ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !