१९ बैशाख २०८१, बुधबार

काठमाडौंमा कोरोना संक्रमणवाट धनुषाकी १ जना महिलाको मृत्यु


मृत्यु

काठमाडौँ, साउन २२ । काठमाडौंमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट १ जना महिलाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगको क्रममा सो कुराको औपचारिक रुपमा पुष्टि गरेका हुन् ।

चाबहिलस्थित ओम अस्पताल चाबहिलमा उपचारका क्रममा साउन १७ गते शनिवार मृत्यु भएकी धनुषाको मिथिला नगरपालिका-१० लालगढकी ७२ वर्षीया महिलामा संक्रमण पुष्टि भएको हो ।

दम, होइपोथाइरोडिजम र उच्च रक्तचापका विरामी उनलाई श्वासप्रश्वासमा समस्या हुनुका साथै पेट दुखेर धनुषाबाट ओममा ल्याइएको थियो । आईसीयूमा भर्ना भएकी उनको उपचारका क्रममा मृत्यु भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !