४ जेष्ठ २०८१, शुक्रबार

पर्सामा कोरोना संक्रमणबाट थप १ जना पुरुषको मृत्यु


आत्महत्या

वीरगञ्ज, साउन २१ । पर्सा जिल्लामा कोरोना भाइरस (कोभिड-१९) संक्रमणवाट थप १ जना पुरुषको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका-५ का ४६ वर्षीय पुरुषको आज बुधबार बिहान मृत्यु भएको नारायणी अस्पतालका डाक्टर निरज सिंहले जानकारी दिए ।

वीरगन्जको गण्डक बहुअरीस्थित वीरगन्ज हेल्थ केयर अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा उनको बुधबार बिहान ५ बजे मृत्यु भएको नारायणी अस्पतालका डाक्टर सिंहले पुष्टि गरे ।

साउन १८ गते पीसीआर जाँचका लागि स्वाब संकलन गरिएका ती पुरुषमा साउन १९ गते राति कोभिड १९ संक्रमण पुष्टि भएको थियो । महुमेहका रोगी उनमा खोकी, ज्वरोका साथै श्वासप्रश्वासमा समस्या देखिएपछि मंगलबार राति ९ बजे वीरगन्ज हेल्थ केयर अस्थायी कोभिड अस्पताल भर्ना गरिएको थियो ।

सोमबार मात्रै पर्साको पोखरीया नगरपालिका-८ की १८ वर्षीया युवतीको मृत्यु भएको थियो । सोमबार राति मृत्यु भएकी युवतीमा हिजो मंगलबार राती कोरोना संक्रमण पुष्टि भएको थियो ।

योसँगै देशभर कोरोनाबाट ६० जनाको मृत्यु भएको छ । तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसको आधिकारिक पुष्टि गर्न भने बाँकी छ ।

यो पनि पढ्नुहोस्

पर्सामा कोरोना संक्रमणबाट थप १ जना युवतीको मृत्यु


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !