४ जेष्ठ २०८१, शुक्रबार

पर्सामा कोरोना संक्रमणबाट थप १ जना युवतीको मृत्यु


मृत्यु

वीरगञ्ज, साउन २१ । पर्सा जिल्लामा कोरोना भाइरस (कोभिड-१९) संक्रमणवाट थप १ जना युवतीको मृत्यु भएको छ । गत सोमबार मृत्यु भएकी ती युवतीमा कोरोना पुष्टि भएको कोभिड अस्पताल बीरगन्जले जनाएको छ । मंगलबार राति उनको रिपोर्ट पोजिटिभ आएको हो ।

पर्साको पोखरिया नगरपालिका-८ जगतपुरकी १८ वर्षीया युवतीको कोरोना संक्रमणबाट मृत्यु भएको हो । तर उनी पोखरिया-९ स्थित मामा घरमा बस्दै आएकी थिइन् । उनलाई पखाला लागेपछि उपचारको लागि अस्पताल लगेकोमा उपचारको क्रममा मृत्यु भएको थियो ।

उनको अवस्था जटिल बन्दै गएपछि उपचारका लागि सोमबार नेशनल मेडिकल कलेज लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको थियो । मेडिकल कलेजमा स्वाब संकलन गरेर नारायणी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा मंगलबार राति उनको रिपोर्ट पोजेटिभ आएको थियो ।

योसँगै पर्सामा मात्रै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ भने देशैभर कोरोनाबाट ५९ जनाको मृत्यु भएको छ । तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसको आधिकारिक पुष्टि गर्न भने बाँकी छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !