२१ बैशाख २०८१, शुक्रबार

वीरगञ्जमा मृत्यु भएका वृद्धमा देखियो कोरोना संक्रमण


आत्महत्या

वीरगन्ज, साउन ११ । पर्साको वीरगन्जस्थित गण्डक अस्पतालमा उपचाररत ६५ वर्षीय वृद्धमा मृत्युपछि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा भारतीय नागरिक उनमा काेराेना पोजेटिभ देखिएको अस्पतालले जानकारी दिएको छ ।

वीरगन्जस्थित पसल गर्दै आएका ६५ वर्षीय उनको आइतबार बिहान पौने ७ बजेतिर उपचारको क्रममा मृत्यु भएको थियो । परिवारका अनुसार उनी गत ५ दिनदेखि नै ज्वरो र खोकीले ग्रस्त भएका थिए । त्यसपछि उनलाई सुरुमा नारायणी अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । पछि त्यहाँबाट कोरोना परीक्षणको लागि स्वाब दिएर उनलाई वीरगन्ज हेल्थ कियरमा लगिएको थियो ।

वीरगन्ज हेल्थ कियरमा पनि आरडिटी परीक्षण गर्दा कोरोनाको एन्टिबडी पोजेटिभ देखिएपछि शनिबार राति ८ बजे गण्डक अस्पताल ल्याइएको थियो ।उनलाई भर्ना गर्दा नै उहाँलाई श्वासप्रश्वासमा समस्या देखिएपछि अक्सिजन दिइएको थियो । राति स्वास्थ्य अवस्था थप जटिल भएपछि भेन्टिलेटरमा राखेर उपचार गरेपनि आज आइतवार बिहान उनको निधनभएको हो ।

अस्पतालका स्रोतका अनुसार उनी मुटु र मधुमेहका रोगी समेत समेत थिए । अहिले उनको शव अस्पतालमै राखिएको छ । आज राति भएकाले मृतकको शव भोलि सेनाको टोलीले व्यवस्थापन गर्ने अस्पतालले जनाएको छ ।

नेपालमा कोरोनाबाट विदेशी नागरिको मृत्यु भएको यो दोस्रो घटना हो । यसअघि टिचिङ अस्पतालमा पोखरामा व्यापार गर्दै आएकी १ जना कोरोना संक्रमित चिनियाँ महिलाको मृत्यु भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !