, महानायक राजेश हमालका भाई राकेशको निधन

महानायक राजेश हमालका भाई राकेशको निधन

काठमाडौं। साउन ८ । महानायक राजेश हमालका भाई राकेश हमालको निधन भएको छ । भारतको नयाँ दिल्लीमा उनको उपचारका क्रममा निधन भएको हो । उनी चर्चित नेपाली महानायक राजेश हमालका एक मात्र भाई हुन् ।

कलेजोको समस्याका कारण उनलाई केहि दिन अघि प्लेन चार्टर्ड गरेर दिल्ली पुर्‍याइएको थियो । अभिनेता राजेश र राकेशको परिवार एउटै घरमा बस्दै आएका छन् । राजेश हमाल अहिले काठमाडौंमै छन् । राकेशको शवलाई दिल्लीबाट ल्याउने विषयमा छलफल भइरहेको बुझिएको छ ।