११ जेष्ठ २०८१, शुक्रबार

प्युठान राप्ती नदी तर्दा बगेर युवकको मृत्यु


River_SWimming Bepatta

प्युठान, ३० असार । प्रहरीको निगरानीमा रहेका एक युवकको राप्ती नदी तर्दा बगेर मृत्यु भएको छ । प्युठान नगरपालिका–४,जुम्री बसपार्क नजीकको होटलमा झगडा गरी भागेका मल्लरानी गाउँपालिका-५,बेल्डाँडाका २७ वर्षीय दीपक थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो ।

जुम्रीमा रहेको एक होटलमा झडपपछि गौमुखी गाउँपालिका-५, ठूलाबेंसीका ३१ वर्षीय वसन्त चन्द र थापा भागेको प्रनाउ कार्कीले बताउनुभयो । थापाको मृत्युबारे थप अनुसन्धान भइरहेको छ ।

पटक पटक विभिन्न मुद्दामा परेका चन्द र थापा झगडापछि आफूहरुलाई किटानी पर्न सक्ने भन्दै भागेको प्रहरीको अनुमान छ । होटलमा झगडा गरेको आरोपमा चन्द र भक्तबहादुर केसीविरुद्ध सार्वजनिकस्थलमा कुटपीट गरेको जाहेरी परेको थियो । केसी पक्राउ परिसकेको प्रहरीले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !