८ बैशाख २०८१, शनिबार

आत्महत्या गरेका अर्घाखाँचीका ४५ वर्षीय पुरुषमा कोरोना पुष्टि


मृत्यु

अर्घाखाँची, ३ असार । अर्घाखाँची जिल्लामा आत्महत्या गरेका व्यक्तिमा कोरोना रिपोर्ट पोजेटिभ देखिएको छ । शीतगङ्गा नगरपालिकाका ४५ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । उनी शीतगङ्गा-५ जुकेना गल्दाको हरि माध्यमिक विद्यालयको क्वारेन्टिनमा बसेका थिए ।

गत जेठ १० गते भारतबाट घर फर्किएका उनको आरडिटी रिपोर्ट पोजेटिभ आएपछि पिसिआर परीक्षणका लागि जेठ २४ गते स्वाब सङ्कलन भएको थियो । गए राति उनले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

जिल्लामा एकै दिन ५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक गणेशराज पौडेलले जानकारी दिनुभयो । यससँंगै जिल्लामा कोरोना सङ्क्रमित ११० पुगेका छन् । कोरोनाका कारण जिल्लामा ३ जनाको मृत्यु भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !