१४ बैशाख २०८१, शुक्रबार

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २० पुग्यो


कोरोना संक्रमणबाट मृत्यु

३ असार, काठमाडौँ । आज नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट १ जनाको मृत्यु भएको पुष्टि छ । योसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २० पुगेको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगको क्रममा सो कुराको औपचारिक रुपमा पुष्टि गरेका हुन् ।

बाँके जिल्लामा कोरोना भाइरस (कोभिड-१९) बाट १ जना महिलाको मृत्यु भएको छ । मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार बैजनाथ गाउँपालिका-६ की ४६ वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको हो । ती महिला बिरामी भएपछि ३० गते मेडिकल कलेज, कोहलपुरमा उपचार गराउन आएकी थिइन् ।

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको आइसीयुमा उपचारको क्रममा सोमबार साँझ साढे ६ बजेतिर निधन भएकी ती महिलाको मंगलबार ८ बजेतिर कोरोना रिपोर्ट पोजेटिभ आएको हो । योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ जना पुगेको छ । यसअघि बाँके जिल्लामा ४ जेठमा नरैनापुर गाउँपालिका ५ का २५ वर्षका युवाको कोरोनाबाट मृत्यु भएको थियो ।

नेपालमा अहिलसम्म ७३ जिल्लामा कोरोना संक्रमण फैलिसकेको छ । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ ५८६ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७१७७ पुगेको छ । नेपालमा अहिलेसम्म ७१७७ कोरोना संक्रमितहरुमध्ये ६६३८ जना पुरुषहरु र ५३९ जना महिलाहरु रहेका छन् ।

नेपालमा पछिल्लो २४ घण्टामा ९ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या ११६७ जना पुगेको छ । आज कोरोना भाइरस जित्ने ९ जनाहरुमध्ये ९ जना नै पुरुषहरु रहेका छन् । कोरोना भाइरस जित्ने ११६७ जनाहरुमध्ये ११५८जना पुरुषहरु र ११२ जना महिलाहरु रहेका छन् ।

नेपालमा सिन्धुपाल्चोकमा १ जना, बाँकेमा २ जना, गुल्मीमा २ जना, बारामा १ जना, ललितपुरमा १ जना, अर्घाखाँचीका १ जना, दैलेखका १ जना, बाजुराका १ जना, दोलखाका १ जना, पाल्पाका १ जना, सुर्खेतका १ जना, डोल्पा १ जना, कैलालीका १ जना, स्याङ्जाका १ जना, चितवनका १ जना, अर्घाखाँचीका १ जना, पर्साका १ जना र बाराका १ जना गरी २० जनाको कोरोना संक्रमणबाट मृत्यु भईसकेको छ ।

यो पनि पढ्नुहोस् 

नेपालमा संक्रमितको संख्या ७१७७ पुग्यो, आज थपिए कोरोनाका नयाँ ५८६ संक्रमित

नेपालमा ११६७ जनाले जिते कोरोना, थप ९ जना घर फर्किए

बाँकेमा कोरोना संक्रमणबाट १ जना महिलाको मृत्यु

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९ पुग्यो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु